काठमाडौं - जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखले होफेनहेइममाथि सहज जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बायर्नले  होफेनहेइमविरुद्ध ४-० को जित निकालेको हो ।

बायर्नको जितमा रोबर्टो लेवाण्डोस्कीसँगै सेर्जी जिनाब्री, इरिक म्याक्सिम र किङस्ले कोम्यानले समान १-१ गोल गरे ।

जितपछि बायर्न ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित होफेनहेइम ११ अंक जोडेर १०औं स्थानमा छ ।

शनिवार नै भएको खेलमा बोरुसिया डर्टमण्डले नवप्रवेशी अर्मेनिया बेलेफिल्डमाथि ३-१ को जित हासिल गरेको छ । यस्तै अन्य खेलमा आरबी लाइपजिगले ग्रुथर फोर्थमाथि ४-१ र फ्रेइबर्गले उल्फसबर्गलाई २-० ले पराजित गर्‍यो ।