अल्फा अटोमोटिभद्वारा पाँच लाख सहयोग
काठमाडौं - विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालीले नेपाल भर बिक्रि अनुमती पाएको छ । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात छन्, उनलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ । श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन् । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सिसिबाट पूर्व-पश्चिम राजमार्ग(मेची – महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरेका छन् ।
बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा” अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रा। ली। ले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर रु. ५००,००० (रु. पाच लाख)को चेक हस्तानतरण गरेको छ साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी संघाइबाट हस्तान्तरण गरे ।
फेसबुक पेज Like गर्नुहोस