काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज बुझाउने भएको छ । माओवादीले आज संसद सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउन लागेको हो ।

मंगलबार बसेको माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भन्दै प्रतिनिधिसभा बैठकको अधिवेशन आह्वान गरिसकेको अवस्थामा माओवादीले समर्थन फिर्ता लिएको हो । 

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले १२ बजे सचिवालयमा गएर सर्मथनको पत्र दर्ता गर्न लागेको जानकारी दिएका छन् । प्रतिनिधिसभामा सभामुखसहित माओवादी केन्द्रका ५० सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।