माओवादी दलको कार्यालयमा विपक्षी दलको बैठक
खबर एक्सप्रेस
२०८२-०५-०३ ०३:०२ मा प्रकाशित
Total Shares: 105
काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन् ।
सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला दाहालले विपक्षी दलको बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादी लगायतको सहभागिता रहने बताइएको छ ।
उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको पछिल्लो क्रियाकलापको विरोध गर्ने विपक्षीको तयारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस