काठमाडौं - भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको रहस्यमय मृत्यु भएको छ । छात्रावासमा बस्दै आएकी उनी आइतबार मृत अवस्थामा फेला परेकी थिइन् ।
उनी बिटेक तेस्राे वर्षमा अध्ययन रहेको र उनको शंकास्पद मृत्युपछि विद्यार्थीले विश्वविद्यालय क्याम्पसपरिसरमा न्यायका लागि आन्दोलन गरिरहेको उडिसाको सञ्चारमाध्यम संवादले समाचार प्रकाशन गरेको छ ।
घटनापछि छात्रावासमा रहेका नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न प्रशासनले आदेश जारी गरेको छ । घटनाबारे दिल्लीस्थित नेपाली राजदूतावासले कुनै प्रतिक्रिया दिएको छैन । विश्वविद्यालयले आइतबारसम्म क्याम्पस छाड्न त्यहाँका सबै नेपाली विद्यार्थीलाई निर्देशन जारी गरेको छ ।

.gif)


