कुमारी बैंकमा 'बाई नाउ पे लेटर सुविधा'
खबर एक्सप्रेस
२०७८-०८-२० १२:५८ मा प्रकाशित
Total Shares: 555
काठमाडौं - कुमारी बैंक लिमिटेडले 'फोनलोन ईएमआई' सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकले एफ वान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो ।
कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकले १ लाख रूपैयाँदेखि अधिकतम २ लाख रूपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट बिना धितो वा कागजी प्रकृयाविना नै फोनलोन सुविधा पाउन सक्नेछन् ।
छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिन कुमारी बैंकले नेपालमै पहिलोपटक यस्तो सेवा ल्याएको बैंकले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस