काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपालाई जनादेशअनुसार ५ वर्ष मिलेर काम गर्न सुझाव दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् व्यक्ति परिवर्तनबाट मात्रै अहिलेको समाधान नहुने बताएका हुन् ।

'सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन, नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ । अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन । सक्नुहुन्छ भने १२ बुंदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आंट गर्नोस् । होइन भने जनादेश अनुसार ५ बर्ष मिलेर काम गर्नोस्'

जनादेशअनुसार मिलेर जान नसक्ने चए १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गरेर जान आँट गर्न आग्रह गरेका छन् ।