काठमाडौं - स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । किशोरीहरूको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि सीप र अवसर प्रदान गर्न बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई सघाएको हो ।

सिल्प प्रोजेक्ट विद्यालय वा उच्च माध्यमिक विद्यालय पूरा गरेका युवतीलाई सर्टिफाइड ब्लु–कलर जब स्किल प्रदान गरी सशक्तीकरण बनाउनेमा केन्द्रित रहेको छ ।

यो ‘प्रोजेक्ट किशोरी’को विस्तारित परियोजना हो । जसले कामका लागि आवश्यक सीप प्रदान गर्दछ । जसको मुख्य लक्ष्य सातै प्रदेशका १० वटाभन्दा बढी सार्वजनिक कलेजका २०० बढी उच्च शिक्षा हासिल गरेका युवतीलाई लाभान्वित बनाउने रहेको छ ।