राष्ट्रियसभा निर्वाचनको ‘मौन अवधि’ सुरु
खबर एक्सप्रेस
२०८०-१०-०९ १०:०२ मा प्रकाशित
Total Shares: 127
काठमाडौं - राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) लागू भएको भएको छ। सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्।
यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ।
राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदै छ। निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस