काठमाडौं - वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार भएको छलफलपछि शनिबार बहुमतले स्वीकृत गरेको हो । केन्द्रमा विभाजित एमाले नीति तथा कार्यक्रम पारित गराउन एक ढिक्का भएको थियो । आज बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले नीति तथा कार्यक्रम पारित गराउन सांसदहरुलाई निर्देशन दिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै नीति तथा कार्यक्रममा संसोधन प्रस्ताव राखेको थियो । तर उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। 

त्यसपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेको थिए । सभामुख श्रेष्ठले प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो।