निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौँ - प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई छिट्टै कानुनी कठघरामा ल्याउने बताएका छन् ।
शनिबार आफ्नो पक्षद्वारा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गए पनि नछोड्ने र केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने प्रतिवद्धता जनाएका हुन् ।
‘हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन्’ उनले भने ।
यस्तै, उनले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताएका छन् । धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको उनको दाबी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस