धर्मगुरु खतिवडा इमाडोलबाट पक्राउ
खबर एक्सप्रेस
२०८१-१२-१५ १०:१० मा प्रकाशित
Total Shares: 187
काठमाडौं-प्रहरीले धर्मगुरु पुष्कर खतिवडालाई पनि पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले उनलाई ललितपुरको इमाडोलबाट आज बिहान पक्राउ गरेको हो ।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि उक्साएका थिए ।
यसअघि प्रहरीले प्रदर्शन हिंसात्मक बनाएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाललाई पक्राउ गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस