काठमाडौं  - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या चार पुगेको छ । लण्डनमा कोरोना संक्रमणको कारण पछिल्लो पटक दुईजना नेपालीको ज्यान गएको हो ।

अल्पर्टनका पूर्व ब्रिटिस गोर्खा सैनिक चेतप्रसाद गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पर्वत स्थायी घर भएका ५९ वर्षीय गुरुङको ह्यारोस्थित नर्थवीक पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्षसमेत थिए ।

त्यस्तै सोलुखुम्बु स्थायी घर भई नटिँघम बस्ने वर्षीय शिव श्रेष्ठको पनि उपचारको क्रममा मृत्यु भएको छ । सेनाबाट अवकाश लिएर श्रेष्ठ सेक्युरिटीको काम गर्दै आएका थिए । लण्डनमा अरु दुईजना नेपालीहरुको पनि स्थिति गम्भीर रहेको बताइएको छ ।

यसअघि बेलायतमा भूपू गोर्खा सैनिक लीलाबहादुर राई र प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै अमेरिकामा पाँच र युएईमा एक नेपालीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विश्वभर गरेर कम्तिमा सय भन्दा संक्रमित छन् ।