काठमाडौं - नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न जिल्ला अदालत काठमाडौं पुर्याएको छ ।

महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।