काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश गरेको छ।
डालास स्टेडियममा भएको खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नर्वे विजयी भएको हो।
खेलको पहिलो हाफमा नर्वेले आइभरी कोस्ट विरुद्ध १-० को अग्रता लिएको थियो। दोस्रो हाफमा नर्वेले १ गोल बेहोर्दै १ गोल फर्कायो।
खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाको गोल मार्फत नर्वेली सुरुवाती अग्रता बनाएको थियो। यो अग्रता सहित पहिलो हाफ १-० मा सकियो।
दोस्रो हाफमा आइभरी कोस्ट केही सुधारिएको प्रदर्शनसहित मैदानमा उत्रियो। केही आक्रमक प्रहारहरु पनि आइभरी कोस्टले गर्यो । जसको फलस्वरूप खेलको ७४ औं मिनेटमा अमाद डियालोले गोल गरे । १-१ बराबरीमा रहेको खेललाई खेलको ८६ औं मिनेटमा नर्वेले २-१ बनायो। नर्वेका लागि एर्लिङ हालान्डले राम्रो फिनिस गरे।
खेलको ९० मिनेटमा थप गरिएको समयको छैंटौं मिनेटमा नर्वेका गोलकिपरले उत्कृष्ट बचाउ गरे। आइभरी कोस्टसँग बराबरी गर्ने यो उत्कृष्ट मौका रहेको थियो। नर्वेका कप्तान मार्टिनले पेनाल्टी बक्स अगाडिलाई फाउल गर्दा आइभरि कस्टले बराबरी गर्ने राम्रो मौका पाएको थियो। तर, आमद डियालोले फ्रि किक प्रहार गर्दा नर्वेका गोलकिपरले उत्कृष्ट बचाउ गरे। खेलको अन्तिम मिनेटमा गरिएको यो बचाउले नै नर्वेका लागि अनुकुल रह्यो।

.gif)



