सरकारले कोरोना खोप किन्न छुट्टायो २६ अर्ब ७५ करोड बजेट
खबर एक्सप्रेस२०७८-०२-१५ ०४:४२ मा प्रकाशित Total Shares: 443
काठमाडौं - सरकारले कोभिडविरुद्धको खोप खरिदको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस