कोरोना आशंकामा पाटन अस्पताल भर्ना भएका बिरामीको मृत्यु
खबर एक्सप्रेस
२०७६-१२-१७ ०१:४९ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - कोरोना आशंकामा लतिलपुरस्थित पाटन अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवक रहेको अस्पताल स्रोतले बताएको छ ।
ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । अवस्था गम्भी भएका कारण आइसीयूमा उपचार गरिरहेका उनको सोमबार मृत्यु भएको हो । तर उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भने भइसकेको छैन ।
कोरोनाको संक्रमणको आशंकामा गरिएको उनको संकलन गरी परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको तर रिपोर्ट आइनसकेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस