लुम्बिनी विकास बैंकको सिइओ बोहराले गरे पदबहाली
खबर एक्सप्रेस
२०७९-०४-०३ ०२:०६ मा प्रकाशित
Total Shares: 203
काठमाडौं - लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः नियुक्त भएका नरेशसिंह बोहराले मंगलबार पदबहाली गरेका छन् ।
बैंकले दोस्रो कार्यकालको लागि सिइओमा बोहरालाई २ साउनबाट लागू हुने गरी चार वर्षको पदावधिसहित नियुक्ति गरेको हो ।
एक कार्यक्रमको आयोजना गरी बैंकले उनलाई स्वागत गरेको छ । पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनीत अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठ, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस