काठमाडौं - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय कोरोना संक्रमित पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केको पाइएको छ । उनी लकडाउन अघि नै नेपाल आएका हुन् ।

सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । जुन लकडाउन जेठ ५ सम्म जारी छ ।  

उनी मलेसियाबाट आएर १४ दिन गाउँपालिकाको क्वारेन्टाइनमा बसेको गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । अहिले उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ ।

सिरहामा कोरोना पुष्टि भएको यो पहिलो केस हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।