काठमाडौं - प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली आज अस्पताल भर्ना हुँदैछन् ।
ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको छ । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुनेछ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको यसअघि ०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
शिक्षण अस्पतालले जनाएअनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण शल्यक्रिया विभागका प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले शल्यक्रिया गर्नेछ ।
प्रत्यारोपण तयारीकै लागि दुई दिनअघि भर्ना गर्नुपर्ने चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओलीको प्रत्यारोपण सामान्य रुपमा भए करीब पाँच दिन लाग्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि आजै मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ ।
मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदै
खबर एक्सप्रेस
फाल्गुन १९, २०७६
४६६


.gif)

