काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी फैलँदै गएपछि पूर्वसतर्कता अपनाउँदै नेपालले हालका लागि पर्यटक भिसा नदिने भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजनमा बसेको उच्चस्तरीय समन्वय समिति बैठकले पर्यटक भिसामा रोक लगाउने निर्णय गरेको हो । बैठकले भिसामा कहिलेदेखि कहिलेसम्म रोक लाग्ने भन्नेबारे अध्ययन गर्न मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वमा एक समिति गठन गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारी घोषणा गरेपछि सरकारले पनि कोरोनाबाट बच्ने उपायका लागि सतर्कता अपनाएको हो । सरकारले भारततर्फको अवतजावतमा समेत कडाइ गर्ने निर्णय गरेको छ ।

.gif)


