काठमाडौं - नेपाली कांग्रेस र माओवादी केन्द्रले बागमती प्रदेशमा रामबहादुर थापा बादल विरुद्ध डा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेस माओवादीले साझा उम्मेदवारका रुपमा देवकोटाले उम्मेदवार बनाउने निर्णय भएको माओवादीका राष्ट्रियसभा सचेतक दीनानाथ शर्माले बताए ।

सत्तारुढ दल नेकपा (एमाले)ले भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उमेदवार बनाउने तयारी गरेको छ । यद्यपी औपचारिक निर्णय भने गरिसकेको छैन । बादल एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा रिक्त भएको पदमा आउँदो जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।