वर्षासँगै घट्यो काठमामाडौंको वायु प्रदूषण
खबर एक्सप्रेस
२०८१-१२-२७ १०:०० मा प्रकाशित
Total Shares: 157
काठमाडौं - काठमाडौंसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण घटाएको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण निकै कम भएको छ ।
हावाहुरीसँगै परेको पानीले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।
वायुको गुणस्तर मापन गर्ने एअर क्वालिटी इन्डेक्सका अनुसार अहिले काठमाण्डौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ११२ रहेको छ ।
आज बिहान एक्यूआई १९० भन्दा माथि थियो । लामो समयसम्म वर्षा नहुँदा काठमाण्डौको एक्यूआई झन्डै ३ सयभन्दा माथि पुगेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस