काठमाडौं - नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएकी छन् । उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेटको लागि आज दिउँसो १ बजे समय लिएको बताइएको छ ।

उपाध्यक्ष सुमार एमसीसीबारे छलफल गर्न ४ दिने नेपाल भ्रमणमा बिहीबार आएकी छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा सहित प्रमुख दलको शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यतालिका रहेको छ । जसमा उनले सबैभन्दा पहिले भेट एमाले अध्यक्ष ओलीसँग गर्ने भएकी छन् । नेकपा एमालले एमसीसीबारे धारणा सार्वजनिक गरेको छैन ।

अध्यक्ष ओलीले केही दिन अघि मात्रै एमालेलले एमसीसीबारे बिबज्ञहरुको भनइका साथै राम्रा अध्यायन गरेर मात्रै धारणा बनाउने बताएका थिए ।