घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०१-२९ ११:२४ मा प्रकाशित
Total Shares: 329
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोलामा एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस