काठमाडौं - नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ,

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । 

यसै विषयमा अनुसन्धान गर्न उनलाई हिजो बिहानमात्रै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले खड्कालाई पक्राउ गरेको थियो ।

पक्राउपछि विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । 

गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो ।