विराटनगर - विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटना ग्रस्त स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।

दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो ।

भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा कुदाउँदा गाडी दुर्घटनामा परेको हुन सक्ने अनुमान छ ।

मोरङ प्रहरीका अनुसार स्कोरपिओको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद भएको हो ।