प्रतिनिधिसभाका सांसदले एकमुष्ट ३ महिनाको तलब पाउने भए
खबर एक्सप्रेस
२०७७-११-१३ ०४:४५ मा प्रकाशित
Total Shares: 446
काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने छन्। प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो।
सांसदहरूको मासिक करिव ६५ हजार रूपैयाँ बुझ्ने गरेका छन्। यो हिसावले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ।
प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ।
फेसबुक पेज Like गर्नुहोस