काठमाडौं - पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै गएको पाइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार सिमी, काउली र गोलभेंडामा।अत्यधिक विषादीको अवशेष पाइएको छ, ।

विगतको तुलनामा चालू आर्थिक वर्षमा सिमी काउली र गोलभेंडामा अत्याधिक विषादी कालीमाटी बजारमा भित्रिने हरियो तरकारीमा विषादीको मात्रा बढेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा १ हजार ८ सय ५० नमुनामा विषादी चेकजाँच गर्दा तीनवटा नमुनामा मात्र विषादी पाइएको थियो ।यसैगरी, आव २०७५/ ७६ मा ३ हजार १ सय २४ वटा नमुनामा दुईवटामा विषादी पाइएको थियो ।

त्यस्तै, चालू आव २०७६/७७ को २० माघसम्ममा १ हजार ४ सय २ वटा नमुनामध्ये -१२ वटामा अत्यधिक विषादी पाइएको छ । केन्द्रका नायव प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार सर्लाहीबाट आउने हरियो सिमी र गोलभेंडामा सबैभन्दा धेरै विषादी पाइएको छ । 

राजधानी दैनिकबाट