दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग ठप्प
खबर एक्सप्रेस
२०८२-०२-१७ ०७:४५ मा प्रकाशित
Total Shares: 5
बुटवल - वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान परेको वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगाएको छ भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्याएको छ ।
सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न ठाउँमा सवारी साधन बाटोमै रोकिएका छन् । खोलामा पानीको सतह नघटेपछि सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस