अब वर्ल्डरेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० बोनस पाइने
काठमाडौं - अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्डरेमिट बाट पैसा पठाउदा खल्तीको खातामा सिँधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले रू. २०० बोनस तुरुन्तै पाउनेछन्।
वर्ल्डरेमिट सँगको यस सहकार्यले चौबिसै घण्टा ४४ भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ ।
प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाईसी भेरिफाइ भने गराएको हुनुपर्नेछ ।खल्तीमा पैसा पठाए पश्चात केहि नगरी पैसा र बोनस स्वतः दुबै खल्तीमा लोड हुनेछ। यसको विवरण खल्ती एपको कारोबार सेक्सनमा गइ सहजै हेर्न सकिन्छ।
उक्त सम्झौता सम्बन्धि खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डे भन्छन् - ‘हामी डिजिटल प्लेटफर्ममार्फत हाम्रो ग्राहकहरुको आवस्यकता पुर्ति गर्न प्रतिबद्ध छौँ। हामीलाई विश्वास छ, वर्ल्डरेमिट सँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाइ झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ। भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ।’
वर्ल्डरेमिटका दक्षिण एशियाको लागि कन्ट्री डाईरेक्टर रुजान अहमद बताउँछन् - ‘खल्ती सँगको यस सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको छ । हरेक समुदायकाहरुलाइ वित्तीय सेवाको पहुँच दिलाइ आर्थिक समावेशीकरणको अभियानलाई प्रवर्धन गर्ने नेपालकै एक उदयमान डिजिटल वालेट, खल्ती संग सहकार्य गर्न पाउदा हामी उत्साहित छौँ । हामी विश्वस्त छौँ कि यो सेवा ले विदेशबाट पठाईएको रकम नेपालमा खल्ती मार्फत प्राप्त गर्न धेरै सहज हुनेछ।’
वर्ल्डरेमिटबाट खल्ती मा पैसा पठाउनको लागि भने वर्ल्डरेमिट एप लग इन गरि सेन्ड मनि मा ट्याप गर्ने, गन्तव्यमा नेपाल रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमाः मोबाइल मनी ट्रान्सफर भित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ।
फेसबुक पेज Like गर्नुहोस