संसद् बैठक एक साताका लागि स्थगित
खबर एक्सप्रेस
२०८०-०५-१२ ०६:०९ मा प्रकाशित
Total Shares: 132
काठमाडौं- गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। प्रधानमन्त्रीको जवाफ सुन्ने बेलामा सांसदहरूको उपस्थिति बाक्लो थियो।
तर, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या नपुगेको हो।
अर्को बैठक भदौ १८ गते दिउँसो १ बस्नेगरी स्थगित गरिएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस