घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७७-०९-१६ ११:१८ मा प्रकाशित
Total Shares: 344
काठमाडौं - आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ६ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस