काठमाडौं - अजोड इन्स्योरेन्स लिमिटेडकले प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीहरुलाई इन हाउस मार्केटिङ ट्रेनिङ दिएको छ । भाद्र २० र २१ गते भएको सो ट्रेनिङमा ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो । 

यस्तै, कम्पनीले भाद्र २९, ३० र ३१ गते भर्चुअल माध्यमबाट आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम दिएको छ । सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टाफोलियाको वारेमा प्रशिक्षण प्रदान दिइएको हो । सो तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन सहायक महाप्रबन्धक अर्यालले गरेका थिए । उक्त तालिमहरुमा सहजिकरणको कार्य केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् । 

यसैगरी अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिकाको वारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

त्यस्तै, नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए । अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी  बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गरेका थिए ।