ओपोले ल्यायाे ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजना
काठमाडौं - वैश्विक स्तरमै अग्रणी स्मार्टउपकरण ब्राण्ड ओपोले दशैंको अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् । ‘ग्लोबलकम्पनीका रुपमाओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ ।
नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदरणीय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथहामीले ‘बडा दशैँको लहर ओपोको अफर’उपहार योजनाको घोषणा गरेकाहौं’, ओपो नेपालका ब्राण्ड डिरेक्टर, पियरसन शेनले भने ।
क्याम्पेनअवधिभर कुनैपनिओपोकाउत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, यउउयलभउबअिबmउबष्नलक।अयm मा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।
यसरी सहभागीहरु मध्येबाट हरेक हप्ता लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एफ१९ प्रो, ओपो एफ१९, ओपो ब्याण्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक पेजहरु मार्फत गरिनेछ ।
क्याम्पेन अवधिभर, लक्कि ड्रमाविजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्र सम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना अक्टोबर १८, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस