सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश
खबर एक्सप्रेस
२०७७-११-०३ १२:१९ मा प्रकाशित
Total Shares: 1136
काठमाडौं - चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।
अदालतको अवहेलनाको मुद्दा लागेका पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च पुगेर लिखित जवाफ बुझाएका हुन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि उनीहरुविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसको प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको एकल इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस