बिहिबार नेपाली बजारमा सुनको मूल्य घट्यो
खबर एक्सप्रेस
२०७७-०६-०८ १२:११ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार २ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा ७० रुपैयाँले घटेर एक हजार १ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस