काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो नख्खु कारागार काठमाडौं ल्याइदै छ ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

आज दिउसो ३.१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं ल्याउन लागिएको कारागारले जनाएको छ ।