ओलीमाथि भीम रावलको आरोपै आरोप
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले पार्टीको शीर्ष नेतृत्वमाथि आरोपै आरोप लगाएका छन्। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नेता रावलले पार्टी नेतृत्वको कार्यशैलिमाथि आरोप लगाएका हुन्।
प्रतिनिधि सभाको निर्वाचनमा अछाम– १ बाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावलले पत्रकार सम्मेलन गर्दै नेतृत्वको आलोचना गरेका हुन्। प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर पार्टीको विधि र सिद्धान्तविपरीत तालमेल गरेकोप्रति असन्तुष्टि पोखेका हुन्। उनले अध्यक्ष केपी शर्मा ओली तथा उनका नजिक रहेका नेताहरुको कार्यशैलिमाथि प्रश्न उठाएका छन्।
अध्यक्ष ओलीमाथि दर्जन बढी आरोप लगाउँदै उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्। तर, उनले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस