काठमाडौंं - अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसहित पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मण्डलाको निषेधित क्षेत्र तोड्न र यातायात अवरुद्ध पार्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 विभिन्न ६ बुँदे माग राख्दै जुम्लाबाट १९ औं पटक अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् । हाल उनी १२ दिनदेखि अनशनमा छन् ।