पेरिसडाँडामा नेकपा सचिवालय बैठक जारी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक जारी रहेकाे छ ।
केही समयअघि पेरिसडाँडामा बैठक सुरु भएको पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।
यसअघि शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबारका लागि सारिएको थियो।
बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय भएको हो। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो।
फेसबुक पेज Like गर्नुहोस