ग्लोबल आइएमई र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता
काठमाडौ - ग्लोबल आइएमई बंैक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनामा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच प्राइवेट सेक्टर लिड मिनी ग्रिड इनर्जी एक्सेस प्रोजेक्ट सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ ।
उक्त रकम ग्लोबल आइएमई बैंकले १ सय केडब्लुपि सौर्य मिनी ग्रिड परियोजना निर्माण, जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलव्ध गराउने छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेको पनि िविज्ञप्तिमा उल्लेख छ ।कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारी एवं बैंकका अन्य उच्च पदस्त कर्मचारीको उपस्थिति रहेका थियो ।
फेसबुक पेज Like गर्नुहोस