ललितपुरमा मृत फेला परेकी जर्मन नागरिकको टाउकोमा चोट
खबर एक्सप्रेस
२०८०-१०-१५ ०१:४२ मा प्रकाशित
Total Shares: 101
काठमाडौं- ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ।
ललितपुर महानगरपालिका १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक एडि इल एचइडीको मृत्यु शंकास्पद देखिएको हो ।मृतक महिलाको टाउकोमा चोट देखिएको छ ।घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।उनी अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । महिला दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी थिइन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस