काठमाडौं - चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिताएका इलामको माई नगरपालिका–१० का  दुर्गाप्रसाद तिम्सिनाले पाली नागरिकता पाएका छन् । 

बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले दुर्गाप्रसादलाई वंशजको आधारमा नागरिकता प्रदान गरेको हो । नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन्। 

१९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन ।  पश्चिम बंगाल सरकारले उनलाई हत्या अभियोगमा जेल पठाएको थियो ।  त्यसपछि उनी सुनुवाइविनै  चालीस वर्ष जेलमा बसेका थिए । 

लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । उनी कम बोल्छन् र एकोहोरिन्छन् ।  उनी आइतबार नेपाल आइपुगेका थिए ।