मध्यबानेश्वर र भक्तपुरको बोडेमा सानिमा बैंक
काठमाडौं - सानिमा बैंकले कपिलवस्तुको जितपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
जितपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारू र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले संयुक्त रूपमा गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सांसद पन्थीले जितपुरमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।
यसैगरी, मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रूपमा गरेका थिए ।
बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका हुन । त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत दहालद्वारा ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । हाल बंैकको देशका सातै प्रदेशमा १ सय १२ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस