महाअभियोगमा ट्रम्पलाई सफाइ
खबर एक्सप्रेस
२०७६-१०-२४ ११:०० मा प्रकाशित
Total Shares: 247
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा सफाइ पाएका छन् ।
उनकै पार्टीको बहुमत रहेको सिनेटले उनलाई सफाइ दिएको हो ।सिनेटमा भएको मतदानको परिणाम उनको पक्षमा आएपछि राष्ट्रपति पदबाट हट्नु नपर्ने भएको छ ।
उनीमाथि शक्तिको दूरुपयोग गरेको र कंग्रेसका काम(कारवाहीमा बाधा पुर्याएको आरोप लागेको थियो ।शक्तिको दूरुपयोग गरेको अभियोगमाथि भएको मतदानमा टम्पको पक्षमा ५२ र विपक्षमा ४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनको पक्षमा ५३ मत र विपक्षमा ४७ मत परेको थियो ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस