मनकामना केबुलकार ६ दिन बन्द हुने
खबर एक्सप्रेस
२०७७-१२-२३ ०३:१५ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।
केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल ह्विल वियरिङ नयाँ फेर्नुका साथै बुल ह्विल र अन्य मर्मत संभारको लागि अस्ट्रियाबाट आँउने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ ।
मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस