दोलखाको भीमेश्वरमा तीज बिशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
दोलखा - दोलखाको भीमेश्वर नगरपालिका दुईमा तीज विशेष तथा शुभकामना आदान प्रदान एबम दर खाने कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।
वडास्तरीय महिला संजालको सक्रियतामा वडाभरिका महिलाहरुको उपस्तिथिमा एक समारोहकाबीच कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक निर्जला आचार्य श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको भन्दै यो परम्परा पौराणिक कालदेखि चल्दै आएको र यो उत्सवले नेपाली सस्कृतिको संरक्षण भएको बताए ।
भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा भएको सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्त्व रहेको बताइन् ।
यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्त्व रहेको बताइन् तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।
महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको उज्यालो भबिस्य दोलखाका सचीव सृजना श्रेष्ठले बताइन् ।
कार्यक्रममा समाजसेवी सकुना श्रेष्ठ , समाजसेवी एबम काङ्ग्रेस नेता प्रभुराम श्रेष्ठ , लगायत स्थानीय महिला ,बुद्धिजीवी आदिको विशेष सहयोगमा नाचगान र विशेष परिकार तथा भोजन खाएर दोलखाको पाखलतिमा सम्पन्न भएको कार्यक्रम संचालक मेनुका सुबेदिले जानकारी दिइन् ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस