प्रधानसेनापति शर्मा कात्तिक १० गते चीन जाने
खबर एक्सप्रेस
२०८०-०७-०३ ०६:०२ मा प्रकाशित
Total Shares: 211
काठमाडौं-प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक १० गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।
उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जान लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
प्रधानसेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस