कांग्रेसले सरकारको दाबी नगर्ने, देउवा भन्छन्- ‘बहुमत पुगेन’
काठमाडौं - नेपाली कांग्रेसले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएको छ । माधव नेपालले निर्णय नलिँदा र जसपा एकजुट नहुँदा कांग्रेसले बहुमतको सरकारको दाबी नगर्ने भएको हो ।
बिहिबार साँझ बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवाले बहुमत पुग्ने अवस्था नदेखिएकोले सरकारको दाबी नगर्ने निष्कर्षमा आफू पुगेको बताएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ बजेसम्मको समय दिएकी छन्। त्यस समयभित्र दलहरूले सहमति जुटाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
फेसबुक पेज Like गर्नुहोस